शुक्रबार, २ जेठ ,२०८२
चितवन । चितवनको दिव्यनगरमा एक व्यक्तिले दुई बालबालिकाको विभत्स हत्या गरेका छन् ।
भरतपुर महानगरपालिका – २५ का ४२ वर्षीय लीलाराज गिरीले खुर्पाले हानेर आफ्नै ७ वर्षिया छोरी प्रभा गिरी र दाइको छोरा ५ वर्षिय साजन गिरीको हत्या गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी रवीन्द्र खनालका अनुसार साजनको घटनास्थलमै र छोरी प्रभाको चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृ*त्यु भएको हो ।
डीएसपी खनालका अनुसार भूपू आर्मी रहेका लीला गिरीको मानसिक अवस्था ठीक थिएन । उनले दुई बच्चापछि आफैँलाई पनि खुर्पा हानेका थिए । उनको गम्भीर अवस्थामा उपचार जारी छ । घटनाको कारण खुलेको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया