भारतलाई असफल बनाएको पाकिस्तानी रक्षामन्त्रीको दाबी

भारतलाई असफल बनाएको पाकिस्तानी रक्षामन्त्रीको दाबी

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

आइतबार, जेठ ४, २०८२

काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले पाकिस्तानको सशस्त्र सेनाले भारतको आक्रमणलाई पूर्णरुपमा असफल बनाएको भन्दै प्रशंसा गरेका छन् ।

रक्षामन्त्री आसिफले बिभिन्न सञ्चारमाध्यमहरूसँग कुरा गर्दै भने, भारतले पाकिस्तानमा आक्रमण गर्न ल्याएको ठूला विमानहरू पाकिस्तानी सेनाले “चंगा जस्तै काटिदिएको बताएका छन् ।

विदेशी खतराबाट देशको रक्षा गर्न पाकिस्तानी सेनाको सशक्तिकरणमा जोड दिएको पनि डेलिटाइम्समा उल्लेख छ ।

ख्वाजा आसिफले उनको निवासमा आएका विद्यार्थीहरूले देखाएको एकताको लागि पनि कृतज्ञता व्यक्त गर्दै यसलाई देशभक्तिको मार्मिक अभिव्यक्ति भने ।

उनले मे १० को निर्णायक क्षणलाई सम्झँदै यसलाई राष्ट्रको इतिहासमा एक महत्त्वपूर्ण मोडको रूपमा वर्णन गरे । रक्षामन्त्रीले सशस्त्र बलको नेतृत्वलाई बधाई दिए र प्रधानमन्त्री शाहबाज शरिफलाई संकटकालीन अवस्थामा उनको दृढ नेतृत्वको लागि प्रशंसा गरे ।

आसिफले सरकारले राष्ट्रिय रक्षामा सेनाको साथ दिन पूर्ण प्रतिबद्धता जनाएर पाकिस्तानभित्र एकता पुनःस्थापित भएको बताए । उनले देशको सुरक्षा सुनिश्चित गर्न आवश्यक कदम चालिने बताए ।

आसिफका अनुसार पाकिस्तानले सीमामा भारतलाई पराजित गरिसकेको र यही शक्तिको साथ उनीहरूले पश्चिमी मोर्चामा पनि सफलता हासिल गर्ने बताए ।