तरूण दलको अधिवेशन लमजुङमा खुकुरी हान्ने ४ जनाविरुद्ध जाहेरी दर्ता

तरूण दलको अधिवेशन लमजुङमा खुकुरी हान्ने ४ जनाविरुद्ध जाहेरी दर्ता

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुधबार, जेठ ७, २०८२

काठमाडौं । पाँचौं जिल्ला अधिवेशनमा तरुण दल लमजुङमा भएको खुकुरी प्रहार घटनामा संलग्न ४ जनाविरुद्ध जाहेरी दर्ता भएको छ ।

गत जेठ ३ गते शनिबार बेसीसहरमा भएको अधिवेशनमा दुई समूहबीच खुकुरी हानाहान हुँदा ४ जना घाइते भएका थिए । उक्त घटनामा संलग्न ४ जनाविरुद्ध ज्यान मार्ने कसुरमा जाहेरी दर्ता भएको लमजुङ प्रहरी प्रमुख डीएसपी रेशम बोहराले जानकारी दिए ।

जसमा मध्यनेपाल नगरपालिकाका किरण गुरुड, सोही ठाउँका धनबहादुर तामाङ, राइनास नगरपालिकाका गणेश गुरुङ र मस्र्याङ्दी गाउँपालिकाका भूपेश गुरुङविरुद्ध जाहेरी दर्ता भएको हो ।

यद्यपी उनीहरु हालसम्म पक्राउ परेका छैनन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त घटनामा खुसीजंग गुरुङ, सुदीप अधिकारी, सन्तोष बस्नेत र शंकर सापकोटा घाइते भएका छन् ।