बेचन झा केन्द्रीय कारागार सुन्धारा चलान

बेचन झा केन्द्रीय कारागार सुन्धारा चलान

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

२ भदौ, काठमाडौं । बेचन झा कारागार चलान भएका छन् ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी भएको प्रकरणमा उनी पक्राउ परेका थिए ।
न्यायाधीश तिर्थराज केसीको इजलासले आइतबार झालाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । अदालतको आदेशपछि झालाई केन्द्रीय कारागार सुन्धारा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।

६६ वर्षीय झालाई चार वटा कसुरमा मुद्दा दायर गरिएको थियो । ठगी, लिखत कीर्ते, राज्यविरुद्धको अपराध र संगठित अपराधको कसुरमा मुद्दा दायर भएको थियो । भारतीय समेत नागरिकता रहेको दाबी गरिएका झाको नेपाली ठेगाना भने पर्साको वीरगञ्ज उपमहानगरपालिका–७ छ ।

आफूमाथि लागेको सबै आरोपको आफूलाई केही जानकारी नभएको बयान झाले दिएका छन् ।