सांसद मोदी भन्छन् कर्मचारीको तलब कम भएर भ्रष्टाचार बढ्यो

सांसद मोदी भन्छन् कर्मचारीको तलब कम भएर भ्रष्टाचार बढ्यो

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शनिबार, असार ७, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले थोरै समयमा धेरै मन्त्रालयको खर्च कटौतीमा टिप्पणी गर्नुपर्ने अवस्थामा समय कम भएको भन्दै सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराएका छन् ।

शनिबार (असार ७) प्रतिनिधिसभा बैठकमा विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले बैठकमा मन्त्रीहरू नआउने र मन्त्रालय थप्दै जाने भए समय पनि बढाउन आग्रह गरे । उनले संघीय निजामती ऐन संसद्‌मा पेस भएर पनि नआउँदा दुःख लागेको बताए ।

आफू मन्त्री भएको समयमा कर्मचारीको तलब वृद्धिका निम्ति कार्यदल बनाइएको भए पनि त्यो हाल नदेखिएको उनले उल्लेख गरे । कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढिरहेको उनले जिकिर गरे ।

उनले सरकारले आन्दोलनरत शिक्षकसँग वार्ता र सम्झौता गरेर शिक्षा ऐन ल्याउने भने पनि संसद्‌मा अझै विधेयक नल्याइएको भन्दै आपत्ति जनाए । न्युज एजेन्सी नेपाल