काठमाडौँ । बालेन्द्र साह (बालेन)ले शुक्रबार दिउँसो २ बजेका लागि काठमाडौँ महानगरपालिकाको बैठक बोलाएका छन् ।
त्यसअघि ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ मेयर बालेनको सचिवालयले जानकारी गराएको छ ।
कानुनी औपचारिकता पूरा भए २ बजेको कार्यपालिका बैठकले नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्ने निर्णय गर्ने छ ।
सोही कार्यपालिकाले नगर सभाको मिति तोकेर असार मसान्तभित्रै बजेट पास गर्ने तयारी रहेको महानगर स्रोतले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका कारण महानगरको बजेट आउन ढिलाइ हुँदै आएको थियो ।
प्रतिक्रिया