बिद्यादेवी भण्डारी बारे तीन नेताको असहमति

बिद्यादेवी भण्डारी बारे तीन नेताको असहमति

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुधबार ,श्रावण ७,२०८२
काठमाडौं । एमाले उपाध्यक्ष युवराज ज्ञवाली, अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डे र स्थायी कमिटी सदस्य कर्ण थापाले निर्णयबारे असहमति जनाउँदै फरक मत राखे ।

ज्ञवालीले भण्डारीलाई सक्रिय राजनीतिमा आउनबाट रोक्ने निर्णय अहिले नै नरोक्ने प्रस्ताव गरेका थिए । “अहिले निर्णय नगरौँ, हतार नगरौँ, सचिवालय बैठकबाट निर्णय गर्न सकिन्छ,” ज्ञवालीले बैठकमा भनेका थिए ।

अर्का उपाध्यक्ष पाण्डेले भण्डारीलाई राजनीतिमा आउन रोक्ने निर्णय नगर्न आग्रह गरेका थिए । “यस्तो निर्णय नगरौँ, यसले पार्टीलाई राम्रो गर्दैन । पार्टीमा अझै छलफल, सल्लाह गरौँ,” पाण्डेले बैठकमा भनेका थिए ।

बैठकमा स्थायी कमिटी सदस्य थापाले बोल्न समय मागेका थिए । तर, ओलीले रोकेका थिए । थापाले लिखित रूपमा मत राख्ने बताए ।