रवि लामिछाने निकट मोहन थापा अमेरिकाबाट डिपोर्ट

रवि लामिछाने निकट मोहन थापा अमेरिकाबाट डिपोर्ट

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने निकट मोहन बहादुर थापालाई अमेरिका सरकारले डिपोर्ट गरेको छ । थापा डिपोर्ट निष्कासनमा परेर एक साता अघि काठमाडौँ आइपुगेका हुन् ।

म्याग्दी घर भएका थापा रास्वपाका पूर्व केन्द्रीय सदस्य हुन् । अमेरिकी प्रशासनले उनको ग्रिनकार्ड खारेज गर्दै नेपाल फिर्ता पठाउने निर्णय गरेको थियो । साउन २२ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका उनलाई विमानस्थल अध्यागमन कार्यालयले प्रहरीको मानव बेचबिखन ब्युरोमा पठाएको थियो ।

उनलाई फारम भर्न लगाएर रिहा गरिएको मानव बेचबिखन अनुसन्धान ब्युरोका एसएसपी कृष्ण पङ्गेनीले रातोपाटीलाई बताए । उनले भने, ‘नेपालमा कुनै पनि मुद्दामा उहाँ नदेखिएपछि हामीले फारम भर्न लगाएर पठाएका छौँ ।’