चार्ज गर्न बिजुली नचाहिने टोयोटाको हाइब्रिड कार, कति पर्छ मूल्य?

चार्ज गर्न बिजुली नचाहिने टोयोटाको हाइब्रिड कार, कति पर्छ मूल्य?

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जापानी अटोमोबाइल कम्पनी टोयोटासँग नेपालको ५८ वर्ष पुरानो सम्बन्ध छ।

व्यवसायी विजय गजानन्द वैद्यले सन् १९६७ मा युनाइटेड ट्रेडर्स सिन्डिकेटु भन्ने कम्पनी स्थापना गरेर नेपालका लागि टोयोटाको आधिकारिक बिक्री अधिकार लिएका थिए।

उनले पहिलोपटक नेपाल आयात गरेको टोयोटा गाडी ुकोरोलाु मोडलको थियो।

भृकुटीमण्डपमा हालै सम्पन्न नाइमा नेपाल मोबिलिटी एक्स्पोु मा टोयोटाका तीनवटा मोडल प्रदर्शनमा राखिएका थिए। तीमध्ये साढे पाँच दशक पुरानो टोयोटा कोरोला पनि एक हो। यो मोडलको गाडी अहिले पनि उत्तिकै राम्रोसँग चलिरहेको युनाइटेड ट्रेडर्स सिन्डिकेटले जनाएको छ।

यसबाहेक दुइटा मोडलका नयाँ गाडी पनि प्रदर्शनमा राखिएका थिए — यारिस क्रस हाइब्रिड र ल्यान्डक्रुजर २५०।

यसमध्ये पेट्रोल र ब्याट्री दुवैबाट चल्ने यारिस क्रस हाइब्रिड गाडीबारे हामी यो स्टोरीमा चर्चा गर्दैछौं। नेपाली बजारमा यसको मूल्य १ करोड २९ लाख रूपैयाँ पर्छ।

सबभन्दा पहिला यो गाडीको हाइब्रिड सुविधाबारे कुरा गरौं।

यसको खास विशेषता भनेको ब्याट्री चार्ज गर्न बिजुली चाहिँदैन। भन्नुको मतलब, यसको ब्याट्री बिजुली लाइनमा जोडेर चार्ज गर्नु पर्दैन।

त्यसो भए कसरी चार्ज हुन्छ त

यारिस क्रस गाडीमा ब्याट्री चार्ज हुने तीनवटा तरिका छन् —

पहिलो, गाडीको पेट्रोल इन्जिन चल्दा त्यसबाट निस्कने शक्तिले ब्याट्री स्वतस् चार्ज हुन्छ।

यसका लागि गाडीको इन्जिनमा मोटर–जेनेरेटर हुन्छ। जब पेट्रोल इन्जिन चल्छ, त्यसले जेनेरेटर घुमाउँछ। त्यसबाट उत्पन्न हुने बिजुलीको मद्दतले सामान्य रूपमा गाडी गुडिरहँदा पनि ब्याट्री चार्ज भइरहेको हुन्छ।

यसबाट मध्यम वा लामो दुरीको यात्रमा ब्याट्री चार्ज गर्न निकै सहज हुन्छ।

दोस्रो, ब्रेक लगाउँदा पनि ब्याट्री चार्ज हुन्छ।

सामान्य गाडीमा चालकले ब्रेक लगाउँदा निस्कने ऊर्जा त्यसै नष्ट भइरहेको हुन्छ। टोयोटाको हाइब्रिड गाडीमा भने त्यो ऊर्जा नष्ट हुँदैन। चालकले जसै ब्रेक लगाउँछ, गाडीको पांग्राले इलेक्ट्रोनिक मोटरलाई उल्टो दिशामा घुमाउँछ। यस क्रममा उत्पन्न ऊर्जाले जेनेरेटरझैं काम गर्छ र ब्याट्री चार्ज गर्न थाल्छ।

यसरी हरेकचोटि ब्रेक लगाउँदा ब्याट्री चार्ज हुने भएकाले काठमाडौं लगायतका सहरी क्षेत्रका लागि निकै उपयोगी हुनेछ।

तेस्रो, गाडीको गति कम हुँदा पनि ब्याट्री चार्ज हुन्छ।

ओरालो होस् वा समथर बाटो, चालकले एक्सेलेरेटरबाट खुट्टा हटाउनासाथ गाडीको पांग्राले मोटर घुमाउन थाल्छ। यस्तो बेला पनि मोटरले ब्याट्री चार्ज गर्न जेनेरेटरको काम गर्छ।

यो हाइब्रिड गाडीलाई तपाईं एउटा समान्य बटन प्रयोग गरेर पेट्रोल इन्जिनबाट इलेक्ट्रिक इन्जिनमा परिणत गर्न सक्नुहुन्छ। गाडीमा भएको कम्प्युटर प्रविधिले स्वचालित रूपमा पनि इन्जिन परिवर्तन गरिदिन्छ।

सहरभित्रको छोटो यात्रामा इलेक्ट्रिक इन्जिन प्रयोग गरेर पेट्रोल बचत गर्न सकिन्छ। लामो दुरीको यात्रा गर्दा इलेक्ट्रिक इन्जिन बन्द गरेर पेट्रोलबाट चलाउन सकिन्छ।

उकालो बाटो वा गति बढाउनुपर्ने बेला जब गाडीलाई बढी शक्ति चाहिन्छ, पेट्रोल र ब्याट्रीले सँगसँगै काम गर्छ। यसलाई हाइब्रिड पावर असिस्टु भनिन्छ।

अब हामी गाडीको बाहिरी बनावटको कुरा गरौं।

यो गाडीको उचाइ ५।४३ फिट छ भने चौडाइ ५।८१ फिट र लम्बाइ १४।१४ फिट छ। त्यसैले बाहिरबाट हेर्दा जति ठूलो देखिन्छ, भित्र पनि उत्तिकै फराकिलो र आरामदायी छ।

गाडीको अगाडि र पछाडिका पांग्राबीचको दुरी ८।६६ फिट छ। यसलाई प्राविधिक भाषामा ुह्विलबेसु भनिन्छ। ह्विलबेस धेरै भएको गाडीमा यात्रुहरूलाई खुट्टा राख्ने ठाउँ धेरै हुन्छ। उच्च गतिमा गुड्दा पनि गाडीको सन्तुलन स्थिर रहन्छ। कच्ची बाटोमा सन्तुलित ढंगले गाडी हाँक्न सकिन्छ।

यो गाडीको ुग्राउन्ड क्लियरेन्सु अर्थात सबभन्दा तल्लो भाग र जमिनको सतहबीचको दुरी ८।२ इन्च छ। उबडखाबड बाटोमा पनि गाडीको तल्लो भागले भुइँ छुने समस्या आउँदैन। त्यही भएर यसलाई कच्ची बाटोको निम्ति पनि उपयुक्त मानिन्छ।

यो गाडीमा करिब ४० लिटर क्षमताको पेट्रोल ट्यांक छ। पेट्रोल र ब्याट्री दुवैको संयोजनबाट चल्ने हुँदा फुल–ट्यांक पेट्रोलले ७०० किलोमिटरभन्दा बढी कुदाउन सकिन्छ। सहरी क्षेत्रको ट्राफिक जाम र कम गतिमा चल्दा ब्याट्रीले धेरै काम गर्छ भने लामो दुरीमा पेट्रोल बढी खपत हुन्छ।

यो गाडीमा की–फोबु अर्थात् स्मार्ट र वायरलेस साँचोको सुविधा छ, जसलाई तपाईं ढोका खोल्न, लक गर्न र स्टार्टमा प्रयोग गर्न सक्नुहुन्छ।

यो सुविधाले ह्यान्डल छोएर मात्र पनि ढोका खुल्छ। यसरी साँचोबिना ढोका खुल्ने सुविधाले गाडी चोरी होला नि भनेर डराउनु पर्दैन। ढोकामा ह्यान्डल छुँदा वा स्टार्ट बटन थिच्दा, की–फोबले इन्फ्रारेड वा रेडियो सिग्नल पठाउँछ। ढोका खुल्ने त्यही सिग्नलका कारण हो।

गाडी स्टार्ट गर्न पनि सधैं साँचो प्रयोग गर्नु पर्दैन। ब्रेक दबाएर स्टार्ट बटन थिच्दा इन्जिन आफै चल्छ। यसमा ताररहित फोन चार्जिङको सुविधा पनि छ।

भित्री सजावटको कुरा गर्दा सिटमा विशेष खालको छाला प्रयोग गरिएको छ, जसले घामको ताप सोस्दैन। सामान्य गाडीका सिट एकैछिन घाममा राख्दा पनि तात्तिने हुन्छ। त्यो समस्या यसमा छैन। यसले लामो दुरीको यात्रा सहज बनाउँछ।

यो गाडीको पछाडिको डिक्की, जसलाई बुट स्पेसु भनिन्छ, त्यसको क्षमता ४०० देखि ५०० किलो हो। यसमा ६ देखि ८ वटा मध्यम खालका सुटकेस मज्जाले अट्छन्।

यसको अर्को खास विशेषता सिसाको छत हो। यो १।२ देखि १।३ वर्गमिटरको छ। यसमा घामको किरण रोक्ने सिसा प्रयोग गरिएको छ, जसले घामको तापलाई सिधै भित्र आउन दिँदैन।

यसमा १०।१ इन्चको मल्टिमिडिया स्क्रिन पनि छ।

यो गाडीमा दुर्घटना जोखिम कम गर्न केही विशिष्ट प्रविधि प्रयोग गरिएका छन्।

उदाहरणका लागि —

गाडीमा लेन किप असिस्टु प्रविधि छ। गाडी सडक लेनबाट बाहिर गयो भने यसले अलार्म बजाएर चालकलाई सतर्क पार्छ।

अटोमेटिक इमर्जेन्सी ब्रेकिङु सुविधाले गाडीको अगाडि वा दायाँबायाँ कुनै अर्को गाडी, पैदलयात्रु वा कुनै चिज आयो भने सेन्सरले पत्ता लगाउँछ र ठोक्किनबाट बचाउन स्वतस् ब्रेक लगाउँछ। यस्तो सुविधाले दुर्घटना जोखिम निकै कम गर्छ।

अगाडि गुडिरहेको गाडीको गतिअनुसार आफ्नो गति स्वचालित रूपले समायोजन गर्नु यो गाडीको अर्को विशेषता हो। यसका लागि एडप्टिभ क्रुज कन्ट्रोलु प्रविधि प्रयोग गरिएको छ।

सुरक्षित यात्राका लागि यसमा चारवटा क्यामरा जडान गरिएका छन्, जसले गाडी वरिपरिको दृश्य ३६० डिग्रीमा हेर्न मिल्छ।

एउटा क्यामरा गाडीको अगाडि भागमा ग्रिलको ठ्याक्कै माथि छ। दोस्रो क्यामरा गाडीको पछाडि भागमा छ। दायाँ र बायाँ लुकिङ ग्लासमुनि एक–एकवटा क्यामरा छन्।

यसको छतको छेउ छेउमा लामो बार राखिएको छ। लामो यात्रा बेला सामानहरू अड्काउन सजिलो हुन्छ। यसले करिब ७५ किलोसम्म सामान बाँधेर राख्न सक्छ।