काठमाडौँ । प्रहरीले गुण्डागर्दीमा संलग्न आरोपमा दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर–३ घर भएका गोपाल मोक्तान उर्फ रेस लामालाई पक्राउ गरेको छ । आइतबार साँझ उनलाई चाबहिलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी विश्व अधिकारीले रातोपाटीलाई बताए ।
लामाले भदौ ४ मा बत्तिसपुतलीस्थित बाजेको सेकुवामा एक जना युवकलाई कुटपिट गरेका थिए । युवकको जाहेरीको आधारमा उनीविरुद्ध अभद्र व्यवहार मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो । आरोपी बिरुद्ध प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । लेनदेन विवादमा लामाले युवकलाई कुटपिट गरेका हुन् ।
प्रतिक्रिया