बिर्तामोडको ट्राफिक प्रहरी कार्यालयमा आगजनी

बिर्तामोडको ट्राफिक प्रहरी कार्यालयमा आगजनी

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोमबार, भदौ २३, २०८२

विराटनगर । झापाको बिर्तामोडस्थित ट्राफिक प्रहरी कार्यालयमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । सोमबार (भदौ २३ं) साँझ मुक्ति चोकमा भेला भएका युवा समूहले कार्यालयमा आगो लगाएका हुन् ।

उक्त घटनाका क्रममा प्रहरीले स्थिति नियन्त्रणमा लिन दर्जनौँ राउन्ड हवाई फायर र अश्रुग्यास प्रहार गरेको छ । त्यसअघि सडकमा चारवटा मोटरसाइकलमा समेत आगजनी भएको छ
मुक्ति चोकमा भेला भएका प्रदर्शनकारीहरूले केही समय बिर्तामोड नगरपालिकाको गेटअगाडि प्रदर्शन गरेका थिए ।

यसअघि बिर्तामोडमा जेनजी समूहले विरोध प्रदर्शन गरेका थिए । आन्दोलनकारीले प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए ।

दमकमा भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको रबरको गोली लागेर कमल गाउँपालिका–५ निवासी प्रकाश भट्टराई घाइते भएका छन् । उनलाई तीघ्रामा गोली लागेको छ ।