मंगलबार, भदौ २४, २०८२
काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास छिर्ने चोकमा स्थानीयले सडकमा प्रहरी बिट भत्काएका छन् ।
जेनजी पुस्ताले गरेको आन्दोलनको क्रममा सोमबार १९ जनाको ज्यान गएको थियो । त्यसैको विरोधका बानेश्वर, कलंकी लगायतका क्षेत्रमा प्रदर्शन भइरहेको छ ।
तीन जिल्लाका (काठमाडौं, ललितपुर र भक्तपुर) द्धारा जारी कफ्र्यू आदेश पालना हुन सकेको छैन । संसद भवन र सिंहदरबारको सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएको छ ।
प्रतिक्रिया