धरानको भाटभटेनी भित्र चार जनाको शव, लुट्न पस्नेहरू भएको आशंका

धरानको भाटभटेनी भित्र चार जनाको शव, लुट्न पस्नेहरू भएको आशंका

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धरानको भाटभटेनी लुट्न पसेका चार जनाको शव फेला परेको छ। बिहान एक जनाको शव फेला परेकोमा अहिले थप ३ जनाको शव भेटिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।

धरानको भाटभटेनी  भित्र ४ जनाको पुरै जलिसकेको अवस्थामा मानव कङ्काल भेटिएको प्रहरीले जनाएको छ।

बिहान  दोस्रो तलमा एक जनाको शव फेला परेको र भर्खरै तेस्रो तलामा थप ३ जनाको कङ्कालहरू भेटिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले जानकारी दिए।

उनले भने, ‘शरीर जलेर पुरै कङ्काल भएर हड्डीको अवशेषहरू मात्रै भेटिएको छ।’

जेनजी आन्दोलनको क्रममा २४ गते साँझ भाटभटेनीमा उच्छृङ्खल समूहले आगजनी गरेको थियो। आगजनी हुनु भन्दा पहिला लुटपाट तथा चोरी गर्न छिरेका व्यक्तिहरू मृत्यु भएको उनले दाबी गरे।

धरानको भाटभटेनीमा लागेको आगो दुई दिन पछि हिजो साँझ मात्रै नियन्त्रणमा आएको थियो।

आगो नियन्त्रणमा आएपछि त्यहाँको अवस्था बुझ्न भित्र जाने क्रममा शवहरू फेला परेको प्रहरीले जनाएको छ। लुटपाट गर्न जाने मध्ये एक जनाले हाम्फालेर ज्यान बचाएका थिए भने एक जनाको जल्दा जल्दै उद्धार भएको थियो।