कुन कुन स्थानमा गर्जन र चट्याङसहित बर्षा

कुन कुन स्थानमा गर्जन र चट्याङसहित बर्षा

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

शनिबार, असोज १८, २०८२

काठमाडौं । देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार विशेषगरी वाग्मती र मधेस प्रदेशका धेरै स्थानहरूमा वर्षा भइरहेको छ ।

गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोसी प्रदेशको थोरै स्थानमा गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

वर्षा गराउने प्रणाली पूर्व–उत्तर पूर्वदिशातर्फ सरिरहेको र त्यी क्षेत्रमा वर्षा जारी रहने भएकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।