प्रभाकरका दुत सन्देसलाई अभियानको जवाफ तपाई सँग चुनाव लडन तयार छ भन्दिनु

प्रभाकरका दुत सन्देसलाई अभियानको जवाफ तपाई सँग चुनाव लडन तयार छ भन्दिनु

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा माअ‍ोवादी केन्द्रले पछिल्लो समयमा बिभिन्न दलसंग गठबन्धन गर्दै ठुलोपार्टी एकताको निर्माण प्रक्रियामा नेपाली कम्युनिष्ट पार्टी निर्माण गर्न लागिराखेकै बेला प्रचण्डसंग बिमती राख्दै फरक पार्टीवाट प्रगतिशील अभियान, नेपाल’नामक अभियानमा संघर्ष गर्दै आएका प्रभाकरका रुकुम पश्चिम संयोजक गेारख बहादुर के सी सन्देसले जिल्लामा पुर्वमाअ‍ोवादीहरुसंगको भेटघाटलाई तिब्रता दिएका छन् ।

२६ गते बिहानै त्रिबेणी गाँउपालीका रुकुम पश्चिम सिम्रतुमा नेपाली कम्युनिष्ट पार्टीका आयोजक कमिटि सदस्य तथा पुर्व माअ‍ोवादी केन्द्रका केन्द्रिय सदस्य झक्कुप्रशाद घर्ती (अभियान) र सन्देसले करिव ३ घण्टा फलफल गरेका छन् ।

छलफलका क्रममा सन्देसले आफुलाई प्रभाकरले भेटन पठाएको र पटक पटक प्रदेस माननिय बनाउन र अभियानले भनेकै जिम्मेवारी दिन आफुहरु तयार रहेको कुरा सन्देसले दोहोर्याएपछि अभियानले जवाफमा म यसपटक प्रतिनिधि सभाको चुनावमा जनार्दन शर्मा प्रभाकरसँग नै चुनावलडन तयार भएको सन्देस प्रभाकरलाई पुर्याईदिनु भनेपछि सन्देस केहि नबोली निस्केको एक नेताले नेपालटकटिभीसँग बताएका छन् ।

सन्देस र तपाई भेटघाट भएको हो र ?अनि के के कुरा भयो नि ? भन्ने जवाफमा अभियान भन्छन , कुराकानी त लामो भयो तर राष्ट्रियताका सवालमा ,एकताका बिषयमा सबै प्रचण्डका मुद्दासंग हुबहु मिलेपछि मैले प्रचण्डसँगै मिलेर अगाडी बढन आग्रह गरे तर उहाँहरुले बाटो फरक भएको र अब हामी एमाले, बिप्लव लगाएत अन्य थुप्रै पार्टीहरुसँग मिलेर जाने छौ भनेपछि मैले प्रभारसँगनै चुनाव लडन अभियान तयार छ यहि सन्देस तपाई सन्देसमार्फत प्रभाकरकहाँ पुर्याईदिनु भनेपछि उहाँ उठेर जानुभयो  ।
रुकुम जिल्लाका सहिद , घाईत अपाङ्ग ब्यपत्ता परिवारहरुसँग कुन मुख लिएर जानुहुन्छ ? रुकुम र रुकुमेली जनताले गरेको त्याग र तपस्या अनि बलिदानवाट प्राप्त उपलब्धीहरुलाई कसरी उहाँहरुले संरक्षण गर्नुहुन्छ ? त्यो कुरा उहाँहरुवाट सम्भवनै नभएको र एकतावाटनै यी सबै कुराहरुको रक्षा गर्न सकिने भएकाले हामीसबैको जोडबल एकतामै भएको कुरा उनले प्रस्ट पारे । यध्यपी उनेले फेसबुकको वालमाभने प्रभाकरसंगको फोटो अझै हटाएका छैनन् ।

प्रचण्ड’ नेतृत्वलाई दीर्घकालीन वैचारिक विचलन र इतिहासको अभिभारा बिर्सिए जनार्दनको आरोप लगाइएको छ । कम्युनिष्ट आन्दोलनको पुरानो पुस्ताका नेताहरूले ‘वर्गीय र क्रान्तिकारी’ पदचापलाई भुलेर वैचारिक विचलन, अवसरवाद र नेतृत्वमा पुँजीवादको चरित्र प्रदर्शन गरेकोले अभियान सुरु गरिएको शर्मा समूहको विज्ञप्तिमा उल्लेख छ ।

शहीदहरूको बलिदानलाई धोका नदिई क्रान्तिकारी विचार र व्यवहारमा आधारित शुद्ध कम्युनिष्ट पार्टी निर्माण गर्ने उनको प्रतिबद्धता छ ।विज्ञप्तिमा नेताहरूको व्यक्तिगत जीवनशैलीमाथि समेत गम्भीर प्रश्न उठाइएको छ । नेताहरूले ‘बुर्जुवा, काल्पनिक, आदर्शवादी, जनविरोधी संस्कृति’ प्रदर्शन गरेको र उनीहरूको जीवन तथा व्यवहारमा श्रमजीवी वर्गको प्रतिनिधित्व र क्रान्तिकारी मर्यादा नभएको आरोप लगाइएको छ ।
शर्माले नेतृत्वमा अहंकार, स्वेच्छाचारिता बढेको भन्दै आलोचना सुन्न नसक्ने प्रवृत्तिका कारण वैचारिक संवाद र संघर्षका सबै ढोका बन्द भएको निष्कर्ष निकालेका छन ।