निर्वाचनका लागि सुरक्षा चुनौती देखिएको छैन —उच्चस्तरीय निर्वाचन सुरक्षा समिति

निर्वाचनका लागि सुरक्षा चुनौती देखिएको छैन —उच्चस्तरीय निर्वाचन सुरक्षा समिति

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मंगलबार, फागुन १२, २०८२

काठमाडौं । निर्वाचन आयोगमा मंगलबार बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनका लागि सुरक्षा व्यवस्था मजबुत रहेको र कुनै चुनौति नदेखिएको निष्कर्ष निकालेको छ ।

बैठकमा सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि मुलुकको शान्ति सुरक्षाको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।

बैठकमा निर्वाचनका लागि आउनसक्ने सुरक्षा चुनौति र त्यसलाई उचित समाधान गर्ने विषयमा छलफल भएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका लागि शान्ति सुरक्षा मजबुद रहेको तथा राजनीतिक दलहरूले शान्तिपूर्ण रूपमा गतिविधि गर्न र मतदाताले निर्भयपूर्वक मतदान गर्न अनुकुल वातावरण रहेको जानकारी गराएको प्रवक्ता भट्टराईले बताए ।

केही स्थानमा भएका घटनामा स्थानीय प्रशासनको क्रियाशीलताले कुनै अप्रिय घटना हुन नपाएको र सबै तिरको माहोल निर्वाचनमय हुँदै गएको भट्टराईको भनाइ छ । मतदानका लागि सहज रूपमा घर जान र फर्कनका लागि आयोगले तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको र यसबाट मतदानमा सक्रियतापूर्वक सहभागिता हुने विश्वास रहेको उनले बताए ।