कांग्रेस रूपान्तरणसहित पुस्तान्तर गर्न अघि बढेको छ, साथ दिनुहोला — पुष्पा भुसाल

कांग्रेस रूपान्तरणसहित पुस्तान्तर गर्न अघि बढेको छ, साथ दिनुहोला — पुष्पा भुसाल

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बिहीबार, फागुन १४, २०८२

सुर्खेत । नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले आफ्नो पार्टीले रूपान्तरणसहित पुस्तान्तर गर्न सभापति गगन थापालाई प्रधानमन्त्रीको रूपमा अगाडि सारेको बताएकी छन् ।

बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै भुसालले त्यसका लागि साथ दिन कर्णालीका जनतालाई आग्रह गरिन् । कर्णाली प्रदेशको विकासलाई प्राथमिकतामा राख्ने र भ्रष्टाचारलाई कुनै हालतमा स्वीकार नगर्ने उनले बताइन् ।

“पार्टीभित्र रूपान्तरण र पुस्तान्तरणको प्रक्रिया अघि बढिसकेको छ,ू भुसालले भनिन्, ूगगन थापालाई प्रधानमन्त्रीका रूपमा अघि सारेका छौँ, कर्णालीका जनताले त्यसको अनुमोदन गर्ने विश्वास व्यक्त गरेकी छु ।ू

सुशासन र पारदर्शिता नेपाली कांग्रेसको मूल एजेन्डा भएको भुसालको भनाइ छ । कर्णालीका कृषकहरूले आफ्नो उत्पादन खेर फाल्नुपर्ने अवस्थाको अन्त्य गर्दै उत्पादनको उचित मूल्य पाउनुपर्नेमा जोड दिइन् । कृषि क्षेत्रका लागि नेपाली कांग्रेसले विशेष कार्यक्रम ल्याउने उनले बताइन् ।

कर्णालीलाई पर्यटन जोनका रूपमा विकास गर्ने विषय पार्टीको प्रतिज्ञापत्रमा समावेश गरिएको भुसालको भनाइ छ । प्रतिज्ञापत्रमा उल्लेखित प्रतिबद्धता व्यवहारमा उतार्ने अठोट व्यक्त गर्दै उनले त्यसका लागि कांग्रेसलाई साथ दिन उनको आग्रह छ ।