मंगलबार, फागुन १९, २०८२
काठमाडौं । काठमाडौंका नैकाप र सुकेधारामा मंगलबार (फागुन १९) बिहान दुई गाडी जलाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, नैकापस्थित पुलनजिकै बा७च १४०१ नम्बरको भ्यान जलाइएको छ । सुकेधारामा बीएए २८३६ नम्बरको टोयटा कार आगजनी गरिएको अवस्थामा फेला परेको उनले जानकारी दिए ।
“बिहान पौने ३ र पौने ४ बजेतिर गाडीमा आगजनी भएको खबर प्राप्त हुनासाथ दमकल पुगेर आगो निभाएको थियो । अहिलेसम्म गाडीधनी कोही पनि आउनुभएको छैन । घटनास्थलमा दुर्गा प्रसाईंको एउटा पर्चा पनि भेटिएको छ,” भट्टराईले भने ।
प्रतिक्रिया