सप्तकोसीमा बाढीको सम्भावना

सप्तकोसीमा बाढीको सम्भावना

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बुधबार, भदौ १२, २०८१

काठमाडौं । पछिल्लो एक घण्टामा कोसी प्रदेशका केही स्थानमा भारी वर्षा भएको छ । सुनकोसी, सप्तकोसीको चतरा र आसपासको क्षेत्रमा भारी वर्षा भएको हो ।

भारी वर्षाका कारण सप्तकोसी नदी तथा कोठु खोला, बागुन्ध्रे खोला, धन्सार खोलालगायतमा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

उक्त क्षेत्र भएर बहने अन्य खोलाको बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउनुपर्ने विभागले बताएको छ ।