शनिबार ,२३फागुन, २०८२
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत भक्तपुर क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार रुकेश रन्जित विजयी भएका छन् । ३३ हजार ४३६ मत ल्याएर उनी सांसद निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ ।
उनका निकटतम प्रतिस्पर्धी नेमकिपाका उमेदवार प्रेम सुवालले २८ हजार १४७ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर पाँच हजार २८९ रह्यो । ०४८ सालयता नेमकिपाले पहिलोपल्ट भक्तपुर–१ गुमाएको हो ।
पराजित सुवाल ०७९ र ०७४ मा यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
यहाँ तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार किरण न्यौपानेले चार हजार २२८ मत ल्याए । नेकपा (एमाले)का उमेदवार सोमप्रसाद पाण्डेले तीन हजार ७२१ मत पाए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का उमेदवार भरतबहादुर खड्काले दुई हजार ४७२, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार हरिराम लबजुले एक हजार १७७ मत ल्याएका आयोगले जनाएको छ ।
प्रतिक्रिया