एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना

एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

बुधबार, चैत ४, २०८२

काठमाडौं । खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ । ल्यान्ड गर्नेक्रममा हेलिकोप्टर दुर्घटना भएको हो । पाँच जना यात्रु बोकेको हेलिकोप्टर दुर्घटनामा परेको हो । बिरामी बोकेर गएको हेलिकोप्टर बालाबेसीमा ल्यान्ड गर्ने क्रममा दुर्घटना भएको एयर डानेस्टीले जनाएको छ ।

दुर्घटनामा एक यात्रु घाइते भएको र अन्य सकुशल रहेको एयर डाइनेस्टीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले केपिलासगढी गाउँपालिका २ बालाबेसीमा ल्यान्ड गर्ने क्रममा दुर्घटना हुँदा एक जनाको गोडा भाँचिएको र अन्य सकुशल रहेको जानकारी दिनुभयो।