आइतबार, चैत १५, २०८२
काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमा ‘मल्टिपल’ स्वास्थ्य समस्या देखिएको छ । मुटुको चाल बढ्ने समस्याका कारण उनलाई काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
आइतबार (चैत १५)अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उहाँ हाइड्रोनेफ्रोसिस, मधुमेह, उच्च रक्तचाप, हाइपोथायरायडिज्म, एपीसी (उपचारमा)र कोलेलिथियासिस भएको मिर्गौला प्रत्यारोपणपछिको बिरामी हुनुहुन्छ ।”
हाल ओली अस्पतालको एनेक्स १ को शय्या नम्बर ५०१ मा अवलोकन र निगरानीमा रहेका प्रशासनले जनाएको छ ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा शनिबार (चैत १४)बिहान ओलीलाई प्रहरीले भक्तपुरको गुन्डुस्थित उनको निवासबाट नियन्त्रणमा लिएको हो ।
प्रतिक्रिया