४ भदौ , २०८३
काठमाडौं । भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका हक–अधिकार सुनिश्चितताको माग गर्दै काठमाडौंमा खबरदारी र्याली निकालिएको छ ।
संयुक्त रााष्ट्रिय सुकुम्वासी मोर्चा काठमाडौं उपत्यका विशेष समितिले बिहीबार माइतीघरबाट नयाँ बानेश्वरसम्म र्याली निकालेको हो ।
सहभागीले ‘गरिबमारा सरकार मुर्दावाद, लोकतन्त्रको सम्मान गर्’, ‘मानवअधिकारको सम्मान गर्’, ‘सुकुम्वासीको व्यवस्थापन के गरिस् ?’लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।
सरकारले डोजर चलाउँदा विस्थापित भएपछि ज्यान गुमाएकालाई भूमिअधिकार आन्दोलनको सहिद घोषणा गर्नुपर्ने उनीहरुको माग छ ।
प्रतिक्रिया