हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

५ भदौ, २०८३

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले ललितपुरको हात्तिवन क्षेत्रमा अतिक्रमण गरेर बनाएका संरचनामा डोजर चलाएको छ ।

शुक्रबार काठमाडौं उपत्यका विकास प्राधिकरण, ललितपुर जिल्ला आयुक्तको कार्यालयले ‘भेल्पा हात्तिवन जग्गा एकीकरण आयोजना’ क्षेत्रभित्र अतिक्रमण गरेर बनाइनका अवैध संरचनाहरू भत्काएको हो ।

१२ वर्षपछि अवैध संरचना हटाउन सफल भएको भेल्पा हात्तिवन जग्गा एकीकरण आयोजनाका प्रमुख घनश्याम पौडेलले जानकारी दिए ।

भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजना क्षेत्रभित्र बनेका अनधिकृत र अतिक्रमित संरचनाहरू हटाउन साउन २७ गते ७ दिने सूचना जारी गरिएको थियो ।

आयोजनाले स्वीकृत नक्सा तथा लेआउटअनुसार सडक निर्माण तथा ढलानको काम अघि बढाउन बाटोको सीमाभित्र रहेका संरचना खाली गर्न सम्बन्धित सबैलाई अनुरोध गरेको थियो । तर, सात दिनको समयमित्र संरचना नहटेपछि आयोजनाले डोजर लगाएको हो ।