बुढानीलकण्ठमा युवा–युवतीलाई बन्धक बनाएको आरोपमा ४ जना पक्राउ

बुढानीलकण्ठमा युवा–युवतीलाई बन्धक बनाएको आरोपमा ४ जना पक्राउ

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१ मा युवा –युवतीलाई बन्धक बनाएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुढानीलकण्ठ घर भएका ३३ वर्षीय आशिष देउला, टोखा घर भएका २७ वर्षीय राजेन्द्र घले, उदयपुरका २२ वर्षीय ओजस्वी तामाङ र चितवन घर भएका २२ वर्षका साजन गुरुङ छन् ।

ठमेलको डान्सबार र क्लबमा भेटिएका युवा–युवतीहरूलाई उनीहरुले बुढानीलकण्ठ स्थित देउलाको घरमा लगेर बन्धक बनाउने गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले  बताए । ‘हाउस पार्टी’ गर्ने भनेर घरमा लगेपछि आफूले भने अनुसार नमानेमा उनीहरुले रड तताएर शरीर डामेर यातना दिने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । आरोपीहरुविरुद्ध अहिलेसम्म दुईजना युवाले जाहेरी दिएका छन् ।