सोमबार, भदौ १५, २०८३
काठमाडौं । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्षसहित चार जनप्रतिनिधि सम्पर्कविहीन भएका छन् ।
गाउँ कार्यपालिका सदस्य पेमा दोर्जे घलेका अनुसार, वडाध्यक्ष कामी छिरिङ तामाङ, वडा सदस्य कामी सेदार घले, वडा सदस्य सोनाम छिरिङ घले र दलित महिला वडा सदस्य लक्ष्मी परियार सम्पर्कविहीन भएका हुन् ।
भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीपछि उनीहरू सम्पर्कविहीन भएको उनले बताए ।
यसैबीच, गोसाइँकुण्ड गाउँपालिकाका करिब १६० बाढीपीडितलाई उद्धार गरी काठमाडौंको सानोभर्याङस्थित येल्लो गुम्बामा राखिएको घलेले बताए ।
बाढीपीडितहरू तत्काल उद्धार र राहत पाए पनि दीर्घकालीन व्यवस्थापनको चिन्तामा रहेको उनले बताए ।
कार्यपालिका सदस्य घलेले भने, “हामी अहिले राहत र उद्धारमा छौँ तर पछि के गर्ने भन्ने चिन्ताले पिरोलिएका छौँ ।”
प्रतिक्रिया