नुवाकोटमा फेला परेका ७ शवको सनाखत

नुवाकोटमा फेला परेका ७ शवको सनाखत

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सोमबार, १५ भदौ २०८३

काठमाडौँ। नुवाकोटमा भेटिएका ७ वटा शवको पहिचान खुलेको छ ।

रसुवाको भोटेकोशीमा आएको बाढीले बगाउँदा मृत्यु भएका ७ शवको पहिचान खुलेको हो ।

सोमबार नुवाकोटमा थप व्यक्तिहरूको सनाखत भएको बागमती प्रदेश प्रहरी कार्यालयका एसएसपी राजेन्द्र धमलाले बताए । उनका अनुसार फुलकुमारी ढकाल, गोपे तामाङ र अमृत तामाङको पहिचान खुलेको छ ।

यसअघि नुवाकोटमा भेटिएका ४ जनाको पहिचान खुलेको थियो ।

पहिचान खुलेकाहरूको विवरणः

१. फुलकुमारी ढकाल, ६७ वर्ष, विदुर–७ सोले (नुवाकोटमा फेला)

२. गोपे तामा, उत्तरगया–१ रसुवा (नुवाकोटमा फेला)

३. अमृत तामाङ, किस्पाङ–५ नुवाकोट (नुवाकोटमा फेला)

४.रामकृष्ण तामाङ, ५६ वर्ष, सुर्यगढी गाउँपालिका–५ नुवाकोट (नुवाकोटमा फेला)

५. निरज भण्डारी, ३५ वर्ष, विदुर नगरपालिका–५ नुवाकोट (नुवाकोटमा फेला)

६. राज कुमार आले, ४४ वर्ष, धादिङ थाक्रे गाउँपालिका–८ घर (नुवाकोटमा फेला)

७. शर्मिला तितुङ, ५० वर्ष, नुवाकोट सुर्यगढी गाउँपालिका–२, का.स एनआईसी एसिया (नुवाकोटमा फेला)