भदौ १५, २०८३
काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले तीन दिन भित्र बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण खाका पेस गर्न निर्देशन दिएका छन् ।
सोमबार अर्थ मन्त्रालयमा सरोकारवालाहरूसँग भएको छलफलमा उनले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई यस्तो निर्देशन दिएका हुन्। अहिले भएको क्षतिको पुनर्निर्माण पनि उद्धार तथा राहतसँगै अघि बढाउन सकिन्छ । यसको परिकल्पना र विधिसहित प्राधिकरणले तीन दिनभित्र खाका पेस गर्नू, उनले भने ।
विपद्को अवस्थामा स्थानीय सरकार, स्थानीय प्रशासन र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण स्वतःस्फूर्त सक्रिय हुनुपर्नेमा त्यस्तो नपाइएको मन्त्री लम्सालले बताए । संयन्त्रहरू अटोमेटिक सक्रिय नहुँदा धेरै अस्तव्यस्त जस्तो देखियो । यसका कमजोरी सच्याउँदै कानुनी सुधार आवश्यक छ । यसको जिम्मा योजना आयोगलाई दिऔँ, उनले भनेका छन् ।
प्रतिक्रिया