भदौ १६, २०८३
नुवाकोट। विदुर नगरपालिका–१०, बेत्रावतीस्थित उत्तरगया मिनिमार्टमा २४ शव भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
सोमबार (भदौ १५) खोजतलास तथा उद्धारका क्रममा ती शव भेटिएको नुवाकोट प्रहरीका प्रमुख एवं एसपी विपिन रेग्मीले जानकारी दिए ।
“हिजो एउटा घरमा २४ वटा शव भेटिएको हो, उत्तरगया मिनिमार्ट भन्ने रहेछ,” उनले भने ।
त्यहाँबाट संकलितमध्ये १० शव काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पठाइसकेको उनले जानकारी दिए । बाँकी शव पनि यही अस्पतालमा पठाइने उनले बताए ।
थप उद्धार कार्य र अनुसन्धान भइरहेको उनले जानकारी दिए । “त्यहाँ टोली गएर हेर्दै छ, अनुसन्धान गर्दै छ, घरभित्र बालुवा नै बालुवा छ,” उनले भने ।
यही भदौ १० गते रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपश्चात् खोजी तथा उद्धारका क्रममा त्यहाँ २४ शव भेटिएको उनले जानकारी दिए ।
प्रतिक्रिया