मंगलबार, भदौ १६, २०८३
काठमाडौं । परराष्ट्र मन्त्रालयले बाढीले क्षति गरेको क्षेत्रको पुनर्स्थापना र पुनर्निर्माणको चरणमा नेपालले ठूलो अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गरेको बताएको छ ।
“विनाशको विशालतालाई ध्यानमा राख्दै, नेपालले पुनर्स्थापना र पुनर्निर्माणको चरणमा ठूलो अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गरेको छ,” मंगलबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने ।
बाढीले गरेको क्षतिको स्पष्ट विवरण आएपछि सरकारले स्थापित आधिकारिक माध्यमहरूबाट विशिष्ट आवश्यकताहरूबारे जानकारी गराउने उनले जनाए ।
सरकारले छिमेकी र अन्तर्राष्ट्रिय साझेदारहरूसँग उच्च तहमा निरन्तर नजिकको समन्वय गरिरहेको उनले बताए ।
प्रतिक्रिया