मंगलबार, भदौ १६, २०८३
काठमाडौं । भोटेकोसी बाढीमा परि मृत्यु हुनेहरूको पहिचानमा सघाउन चीनबाट चार सदस्यीय फरेन्सिक टोली नेपाल आउने भएको छ ।
परराष्ट्र मन्त्रालयले मंगलबार आयोजित पत्रकार सम्मेलनमा त्यसबारे जानकारी दिएको हो ।
“चीनबाट चार जनाको फरेन्सिक टोली आज साँझ आइपुग्दैछ,” पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भने।
डीएनए विश्लेषणमा विशेषज्ञता हासिल गरेको भारतको १९ सदस्यीय फरेन्सिक टोलीले अगस्ट २९ देखि नेपाली अधिकारीहरूसँग मिलेर काम गरिरहेको छ। शवहरूको व्यवस्थापन र संरक्षणका लागि विशिष्टीकृत उपकरणहरू प्राप्त भइरहेको उनले जनाए ।
तीन देशका विशिष्टीकृत सुरुङ उद्धार टोली अहिले बाढी प्रभावित क्षेत्रमा रहेका विद्युत् आयोजनाका सुरुङमा खोज तथा उद्धार कार्यमा खटिएको उनले बताए । नेपाली सेनाको समन्वयमा उनीहरूले काम गरिरहेको उनले स्पष्ट पारे ।“भारतका दुई टोलीमा २४ जना र चीनका नौ जना विशिष्टीकृत सुरुङ उद्धार टोलीहरू प्रभावित जलविद्युत् आयोजना स्थलहरूमा परिचालन गरिएका छन्। दक्षिण कोरियाको एउटा टोली पनि यहाँ आइपुगेको छ,” प्रवक्ता क्षेत्रीले भने ।
भारतीय सुरुङ उद्धार टोलीले चिलिमे र लामटाङ जलविद्युत् आयोजना स्थलमा नेपाली सेनाको समन्वयमा काम गरिरहेको छ । चिनियाँ टोलीले माथिल्लो त्रिशुली ुथ्री एु आयोजना स्थलमा नेपाली सेनाको समन्वयमा काम गरिरहेको छ।
प्रतिक्रिया