बुधबार, भदौ १७, २०८३
काठमाडौं । स्वयम्भू महाचैत्यस्थित एल्लो गुम्बाको होल्डिङ सेन्टरमा रहेका झण्डै ८० जना बाढीपीडितलाई नजिकै रहेको मुस्ताङ गुम्बामा स्थानान्तरण गरिएको छ ।
एल्लो गुम्बामा बाढीपीडितको संख्या बढ्दै गएपछि भिडभाडका कारण हुन सक्ने स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै उनीहरूलाई मुस्ताङ गुम्बामा सारिएको हो ।
गोसाईंकुण्ड गाउँपालिका–२ का बाढीपीडित सबैलाई मुस्ताङ गुम्बामा सारिएको वडा नम्बर २ का कार्यपालिका सदस्य पेमा दोर्जे घलेले जानकारी दिए ।
उनले भने, “यहाँ भिडभाड बढ्दै गएको छ । स्वास्थ्यको विषयलाई लिएर हामी चिन्तित छौँ । त्यसै त पीडाबाट गुज्रिरहेका हामीमा थप स्वास्थ्य समस्या हुने जोखिम बढ्यो । त्यही भएर हामी अर्को गुम्बामा सरेका हौँ ।”
एल्लो गुम्बाको होल्डिङ सेन्टरमा हाल रसुवाको गोसाईंकुण्ड गाउँपालिकासहित विभिन्न स्थानका झन्डै तीन सय बाढीपीडित बस्दै आएका छन् ।
बाढीपीडितको संख्या बढ्दै जाँदा आवास व्यवस्थापन तथा स्वास्थ्य सुरक्षामा चुनौती थपिँदै गएको छ ।
प्रतिक्रिया