बिहीबार, भदौ १८, २०८३
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद दीपक बोहोराले त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाहरू जीवित छन् कि छैनन् भनि सरकारलाई सोधेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले प्रश्न उठेको भन्दै खोजी कार्यमा तदारुकता देखाउन आग्रह गरे ।
कञ्चनपुरका विनोदप्रसाद पाण्डे त्यहाँ रहेको जानकारी गराउँदै बोहोराले भने, “त्रिशूली–३ ‘ए’मा खोल्न मिल्ने हो कि होइन । नेपाल सरकारले सक्ने हो कि होइन ? कसको एफोर्ट लाग्ने हो । त्यो सुरुङमा मान्छे जीवित छन् कि छैनन् ? कसले भन्दिने हो खासमा ?”
उनले विदेशी सहयोग कहीँबाट आउने भए बताउन आग्रह गरे । नेपालका हिमतालमा एआई जडित क्यामेरा जडित गर्न सकिने उनको भनाइ छ ।
प्रतिक्रिया