उद्धार कार्यलाई प्रभावकारी बनाउन गगन थापाको आग्रह

उद्धार कार्यलाई प्रभावकारी बनाउन गगन थापाको आग्रह

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

२१ भदौ , २०८३

उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारसँग गगन थापाको आग्रह
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उद्धार कार्य तीव्र र प्रभावकारी बनाउन आग्रह गरेका छन् । विपद्मा परेका नागरिकको उद्धारमा ढिलाइप्रति आक्रोश बढिरहेको भन्दै सरकारलाई उपलब्ध सबै संयन्त्र परिचालन गर्न आग्रह गरेका हुन् ।

आइतबार बसेको नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा थापाले अहिले आरोप–प्रत्यारोपमा अल्झिनेभन्दा केही दिन उद्धार कार्यलाई नै प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् । उद्धारमा खटिएका प्राविधिक तथा पीडित परिवारका सदस्यहरूले आफूहरूको कुरा समयमा नसुनिएको गुनासो गरिरहेको उल्लेख गरे ।

उनले भने, “प्रभावित परिवारका मानिसहरूले हाम्रो बारेमा सुनिएन, हामीलाई ठिक समयमा सुनिएन भन्ने आक्रोश छ । यो त सधैँभरि रहन्छ ।”

थापाले तत्कालीन उद्धारको चरण सकिएपछि घटनाबारे गम्भीर बहस र छलफल गर्नुपर्ने धारणा राखे । अहिलेको प्राथमिकता भने प्रभावित नागरिकको उद्धार, राहत र आवश्यक सहयोगमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो ।