राप्रपा नेता सुवेदीले पार्टी परित्याग गरे

राप्रपा नेता सुवेदीले पार्टी परित्याग गरे

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुधबार, भदौ २४, २०८३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता प्रदीपकुमार सुवेदीले पार्टी परित्याग गरेका छन् ।

वीरगन्जका सुवेदीले राप्रपाका केन्द्रीय अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनलाई सम्बोधन गर्दै बुधबार पत्रमार्फत पार्टी परित्यागको घोषणा गरेका हुन् ।

उनले पार्टी स्थापनाकालदेखि नै राप्रपाको वृद्धि तथा सुदृढ संगठनका लागि देशहितमा कर्तव्यनिष्ठ कार्यकर्ताका रूपमा काम गर्दै आएको उल्लेख गरेका छन् । उनले साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेको पत्रमा जनाएका छन् । पत्रको अन्त्यमा उनले भनेका छन्, पार्टी सधैँ भलो होस् ।