आइतबार, कात्तिक २९, २०८३
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनमा चितवन राइनोजविरुद्ध ब्याटिङ गर्ने भएको छ ।
आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा कर्णालीका कप्तान डेविड मिलरले टस जितेर चितवनलाई फिल्डिङको निम्तो दिए ।
खेलमा कर्णाली जितसहित प्रतियोगिता टुंग्याउने लक्ष्यमा छ । कर्णालीको यो अन्तिम खेल हो । टोली यसअघि नै प्लेअफ छनोटबाट बाहिरिसकेको छ ।
तालिकाको सातौँ स्थानमा रहेको कर्णालीले ६ खेलबाट दुई जित र चार हारसहित चार अंक बटुलेको छ ।
यता, चितवन जित निकाल्दै तेस्रो शीर्ष टोलीको रूपमा प्लेअफ प्रवेश गर्ने लक्ष्यमा छ । टोली यसअघि नै प्लेअफमा प्रवेश गरिसकेको छ ।
तालिकाको चौथो स्थानमा रहेको चितवनले ६ खेलबाट तीन जित र दुई हारसहित सात अंक जोडेको छ ।
यी दुईबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा अपराह्न १२ः३० बजे देखि भइरहेको छ ।
प्रतिक्रिया