दुबईबाट काठमाडौं उडेको जहाज नेपाली आकाशमा प्रवेश गर्नेबित्तिकै डाइभर्ट भएको छ।

दुबईबाट काठमाडौं उडेको जहाज नेपाली आकाशमा प्रवेश गर्नेबित्तिकै डाइभर्ट भएको छ।

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

शनिबार, भदौ २९, २०८१

शनिबार दिउँसो २ः४१ बजे नेपाली आकाशमा प्रवेश गरेको फ्लाई दुबईको कलसाइन स्काई दुबई ५३९ जहाज भारतको लखनऊ डाइभर्ट भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाका अनुसार खराब मौसमका कारण जहाज डाइभर्ट भएको हो।

‘नेपाली आकाशमा प्रवेश गरेपछि मौसम खराबीका कारण डाइभर्ट गरिएको जानकारी प्राप्त भएको थियो,’ उनले भने।

लखनऊमा डाइभर्ट भएको जहाज मौसम अवलोकन गरी पुनः काठमाडौं उड्ने प्रवक्ता शेर्पाले जानकारी दिए।