आश्विन २, २०८१, भक्तपुर ।
विद्युतीय ऐन उल्लङ्घन गरेको भन्दै दुर्गा प्रसाई विरुद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा प्रहरी खटिएको छ । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनको निवासमा बुधबार साँझ सादा पोसाकको प्रहरी परिचालन गरिएको हो ।
जिल्ला अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।
उनलाई काठमाडौं जिल्ला अदालतले बुधबार पक्राउ पुर्जी जारी गरेको छ । साँझ प्रसाईंले केही सञ्चारकर्मीसँग कुरा गर्दै आफूले अदालतको आदेशलाई सम्मान गर्ने बताएका छन् ।
प्रतिक्रिया