आश्विन ६, २०८१
काठमाडौँ — नागरिक लगानी कोषको शाखा कार्यालय पोखराले सञ्चालन गरेको नागरिक पेन्सन योजना सम्बन्धी अन्तर्क्रियामा कोषले सामाजिक सुरक्षाको प्रत्याभूति गराउने कार्य गरिरहेकोले योजनामा सहभागी हुन सरोकारवालाहरुले आग्रह गरेका छन् ।
कोषले प्रदान गर्दै आएको नागरिक पेन्सन योजना लगायतका अन्य कार्यक्रमले मात्रै सबै नागरिकलाई तनावरहित बनाउन सहयोग पुर्याउने उनको भनाइ थियो । सोही कारण भविष्यमा आफूसँग केही पनि हुन नसक्ने अवस्था आउन नदिनको लागि आम नागरिक, निजी क्षेत्र, संगठित क्षेत्रमा कार्यरत सबैलाई उनले कोषले सञ्चालन गरेको नागरिक पेन्सन योजनामा सहभागी हुन आग्रह गरे ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले कोषसँग सहकार्य गर्न निजी क्षेत्रले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । राज्यले एउटै प्रकृतिको ३ वटा कोष सञ्चालन गरेको हुँदा कसमा जाने भन्ने अवस्था आएको भन्दै त्यसलाई लगानी कोषले स्पष्ट बनाउनुपर्ने उनको धारणा थियो ।
उपदान कोषमा १५ प्रतिशत कर लिएको सम्बन्धमा २०७५ सालसम्म कोषले ५ प्रतिशत मात्रै कर कट्टी गर्ने गरेकोमा त्यसपछि सरकारले १५ प्रतिशत कर लिने व्यवस्था गरे पनि अदालतले ५ प्रतिशत मात्रै कर कट्टी गर्न दिएको आदेशको पालाना कोषले गरिरहेको जानकारी नायव कार्यकारी निर्देशक श्रेष्ठले दिइन् ।
कार्यक्रममा विभिन्न क्षेत्रबाट सहभागी भएकाहरुले कोषले सञ्चालन गरिरहेका कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष, नागरिक पेन्सन योजना, उपदान योजना, आवास कर्जा, सरल कर्जा ८० प्रतिशत ऋण सापटी र नागरिक एकांक योजनाका बारेमा प्रश्न राखेका थिए ।
प्रतिक्रिया