साइबर ब्युरोद्वारा पक्राउ परेका दुर्गा प्रसाईंलाई म्याद थप गरिएको छ

साइबर ब्युरोद्वारा पक्राउ परेका दुर्गा प्रसाईंलाई म्याद थप गरिएको छ

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आश्विन ६, २०८१

काठमाडौँ —   मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले म्याद थप गरेको छ ।  उनी नेपाल प्रहरीको साइबर ब्युरोद्वारा साइबर अपराधसम्बन्धी उजुरीमा पक्राउ परेका थिए ।

साइबर ब्युरोले प्रसाईंलाई आइतबार भक्तपुरबाट पक्राउ गरेर जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेले प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरिएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिए ।

नेपाल साइबर ब्युरोका प्रमुख डीआईजी नवीन्द अर्यालका अनुसार प्रसाईंविरुद्ध ब्युरोमा एक महिलाले साइबर अपराधसम्बन्धी उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरेर अदालतमा उपस्थित गरिएको हो ।