उपनिर्वाचन उमेदवारी दर्ता मंसिर २ गते 

उपनिर्वाचन उमेदवारी दर्ता मंसिर २ गते 

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिहीबार, असोज १०, २०८१

काठमाडौं । स्थानीय तहमा रिक्त पदको उपनिर्वाचनका निम्ति आउँदो मंसिर २ गते उमेदवारी दर्ता गरिने भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए अनुसार मंसिर २ गते बिहान १० देखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको मनोनयनपत्र दर्ता गरिने

आयोगले निर्वाचन कार्यक्रम स्वीकृत गरे अनुसार मंसिर ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिन सकिनेछ । मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरिनेछ । सोही दिन बेलुका ५ देखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको नामावली प्रकाशन गरिने जनाइएको छ ।

मंसिर ५ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारको नाम फिर्ता लिने आयोगको कार्यतालिका छ । सोही दिन दिउँसो १ देखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन उमेदवारलाई चुनाव चिह्न प्रदान गरिने आयोगले जनाएको छ । मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।