अब सिंहदरबार प्रवेश गर्न ई–पासको व्यवस्था

अब सिंहदरबार प्रवेश गर्न ई–पासको व्यवस्था

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

शुक्रबार, असोज ११, २०८१

काठमाडौं । सिहंदरबार प्रवेश गर्न सरकारले हाल सञ्चालनमा रहेको नागरिक एपबाटै ई–पास लिन मिल्ने गरी तयारी भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

शुक्रबार प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारका सचिव एवं सम्बन्धित मन्त्रालय तथा निकायका अधिकारीबीच ई–पास कार्यान्वयनमा ल्याउन बैठक बसेको छ । बैठकले आउँदो आइतबार सिंहदरबारभित्रका सबै मन्त्रालय तथा आयोगसँग ई–पास उपलब्ध गराउनेसम्बन्धी समन्वय गर्न बैठक बोलाउने निर्णय गरेको छ ।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीले ई–पास चाँडै सञ्चालनमा आउने बताए । मन्त्रालयका उपसचिव दिलकुमार तामाङले आइतबार सिंहदरबारभित्रका सबै मन्त्रालय तथा आयोगलगायत कार्यालयलाई एडमिन उपलब्ध गराइने विषयमा छलफल हुने र त्यसपछि कार्यान्वयनमा जाने बताए । असोजभित्रै ई–पास लिन मिल्ने सुविधा उपलब्ध हुनसक्ने उनको भनाइ छ ।

उनले भने, “पहिले नागरिकले नयाँ रजिष्ट्रेसन गर्नुपथ्र्यो जुन झन्झट थियो । अब नागरिक एपबाट रिक्वेस्ट गरेर सिंहदरबारभित्रको निकायबाट स्वीकृत भएसँगै पास मिल्ने गरी सजिलो बनाएर सञ्चालनमा ल्याइने तयारी भइरहेको छ ।”

सिंहदरबार प्रवेश गर्दा ई–पासको जाँच गर्ने विषयमा सहजताका लागि नेपाल प्रहरीसँग भोलि ९शनिबार० समन्वय गर्न बैठक बस्ने तयारी भएको उपसचिव तामाङले बताए ।

प्रधानमन्त्रीका आईटी सल्लाहकार अस्गर अलीले नागरिक एपबाट सहज हुने गरी ई–पास मिल्ने व्यवस्था भइरहेको बताए । उनले यो काम अहिले परीक्षणकै चरणमा रहेको र चाँडै सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिए ।

सहरी विकास मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको समन्वयमा सिंहदरबार प्रवेश गर्दा ई–पास प्रणाली एक महिनाभित्र गृहमन्त्रालयले सञ्चालनमा ल्याउनुपर्ने निर्णय असोज ७ गते बसेको सचिव बैठकले गरेको थियो ।