प्याज १० रुपैयाँ किलोमा घट्यो, तरकारी भाउ यस्तो छ

प्याज १० रुपैयाँ किलोमा घट्यो, तरकारी भाउ यस्तो छ

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

२० असोज, काठमाडौं । प्रतिकिलो अधिकतम १३० रुपैयाँ पुगेको प्याज सोमबार १० रुपैयाँ घटेको छ । यस दिन प्रतिकिलो अधिकतम १२० रुपैयाँमा प्याजको कारोबार भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।

प्याजसहित गाजर, मुला, घिउ सिमी, तिते करेला तथा परवर केही सस्तिएको छ । तोरीको साग र पालुगो साग केही महँगिएको छ ।

समितिका अनुसार सोमबार स्थानीय काउली १००, रातो मुला ४०, सेतो मुला ३०, लाम्चो भन्टा ८०, डल्लो भन्टा ९० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ । घिउ सिमी १००, टाटे सिमी १००, तिते करेला १००, परवर १२०, चिचिन्डो ७०, घिरौंला १२०, भिण्डी ७०, बरेला ९चुच्चे करेला० १४०, रायो साग १५०, पालुगो साग अधिकतम १२० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

रातो आलु प्रतिकिलो ८४, भारतीय रातो आलु ६० रुपैयाँमा कारोबार भएको समितिले जनाएको छ । कन्य च्याउ २८०, डल्ले च्याउ ४००, ब्रोकाउली २६०, कुरिलो ७०० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको छ ।

स्रोत ःकालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ।