रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

मंसिर २३,२०८१

पोखरा । आइतबार रवि लामिछानेलाई कास्की अदालत न्यायाधीश हिमलाल बेलबासेको इजलासले चार दिन हिरासतमा राख्न अनुमति दिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए। सरकारी वकिल कार्यालयले उनलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो। तर ४ दिनको मात्रै अनुमति दिइएको हो।

जिल्ला अदालतले यसअघि दिएको म्याद शुक्रबार सकिएसँगै आइतबार फेरि म्याद थप गर्न लागिएको जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन्।

पोखराको सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम गैरकानुनी रुपमपा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेको आरोपमा लामिछानेमाथि अनुसन्धान भइरहेको छ।

उनीविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण ऐनअनुसार अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ।

कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई काठमाडौं, बुटवल र चितवनमा रहेका सहकारी ठगीमा पनि संलग्न रहेको आरोपमा बयानका लागि लगिएको थियो।

पूर्वडिआइजी छविलाल जोशी, रामप्रसाद खनाल र लिला पछाइलाई पनि सोही अभियोगमा म्याद थप गर्न अदालत उपस्थित गराउने प्रहरीले जनाएको छ।