श्रीलंकाका पूर्वराष्ट्रपति र प्रधानमन्त्री ओली भेटवार्ता

श्रीलंकाका पूर्वराष्ट्रपति र प्रधानमन्त्री ओली भेटवार्ता

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिहीबार, पुस १८, २०८१

काठमाडौं ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघेले बिहीबार भेटवार्ता गरेका छन् ।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटमा प्रतिनिधिसभाका सदस्य एवं वरिष्ठ उद्योगपति विनोद चौधरी समेत सहभागी थिए । विक्रमासिंघे प्रधानमन्त्री ओलीका एक पुराना मित्र हुन् ।

यही पुस १३ गते निजी भ्रमणमा नेपाल आएका श्रीलंकाका पूर्वप्रधानमन्त्री समेत रहेका विक्रमासिंघे आज स्वदेश फर्कंदै छन् ।