ओलीको अहंकारका कारण नेकपाकालमा संविधान संशोधन हुन सकेन ः नेकपा अध्यक्ष माधव नेपाल

ओलीको अहंकारका कारण नेकपाकालमा संविधान संशोधन हुन सकेन ः नेकपा अध्यक्ष माधव नेपाल

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

पुस २७, २०८१
काठमाडौं । ओलीको अहंकारको कारण नेकपाकालमा संविधान संशोधन हुन नसकेको अध्यक्ष माधव  नेपालले बताए।

शनिबार पार्टीले ललितपुरमा गरेको कार्यक्रमा हिटलरलेजस्तो फासिस्ट बनेर नेपालमा पार लगाउन नसक्ने बताउँदै अध्यक्ष नेपालले प्रधानमन्त्री ओलीलाई लोकतान्त्रिक विधिबाट चल्न सुझाव दिएका हुन्।

फासिस्ट बनेर पार लगाउन सक्नुहुन्न। लोकतान्त्रिक बन्नुस्। लोकतान्त्रिक विधि अवलम्बन गर्नुस्। अरूको मान सम्मान गर्न जान्नुस् र सहकार्य गर्नुस्, उनले भने।

आफ्नै ढंगले जान्छु भन्नेहरूलाई काँध थाप्न नसकिने पनि उनले बताए। होइन आफ्नै ढंगले चल्न चाहनुहुन्छ भने भीरबाट लड्ने गोरूलाई राम राम भन्न सकिन्छ काँध थाप्न सकिँदैन,अध्यक्ष नेपालले भने।

त्यतिबेला प्रधानमन्त्री भइसकेका व्यक्तिहरू, थुप्रै संख्यामा उपप्रधानमन्त्री र मन्त्री भइसकेका व्यक्तिहरू पार्टीभित्रै रहेकाले छलफल र विश्लेषण गरेर संविधान संसोधन गर्न सकिने अवस्था रहेको नेपालले बताए।

आफूलाई बाहेक अरूलाई गन्दै नगन्रे। ज्ञानको भण्डार हुँ भन्ने अहंकारले त्यो हुन पाएन, उनले भने।