विगतमा कांग्रेस–एमालेले सरकार चलाउँदा गर्व गर्न सकिन्छ । ः गगन थापा

विगतमा कांग्रेस–एमालेले सरकार चलाउँदा गर्व गर्न सकिन्छ । ः गगन थापा

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

शनिबार, पुस २७, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले र कांग्रेस मिलेर गठन भएका विगतमा सरकारले राम्रो काम गरेको दाबी गरेका छन् । विगतमा कांग्रेस–एमालेले नौ महिना र एक वर्ष सरकार चलाउँदा गर्व गर्न सक्ने अवस्था बनेको बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सांसदसमेत रहेका थापाले वर्तामान सरकरो पनि गर्नुपर्ने खालका काम गर्नुपर्ने आवश्यकता औँल्याए ।

कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सत्ता गठबन्धन आगामी आमनिर्वाचनसम्म चल्ने दाबी गर्दै थापाले तीन वर्षमा विगतमा झैँ जनताका लागि राम्रो काम गरेर देखाउनुपर्ने उनको भनाइ छ ।

विगतमा नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला र एमालेका मनमोहन अधिकारी नेतृत्वको सरकारले झैँ संसद्का दुई ठूला दल मिलेर बनेको सरकारबाट नागरिकले फाइदा पाउने उनले विश्वास व्यक्त गरे ।