बिहिबार, माघ ३, २०८१
काठमाडौं । आज बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजी निवास बूढानीलकण्ठमा बोलाएर कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन्।
हालसम्म ३ जना मन्त्रीहरूले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए।
उनले मन्त्रालयले सोचेअनुसारको काममा तीव्रता दिन नसकेको उल्लेख गरे।
छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरूले सुझाव दिएको बताए।
उनले भने, ‘नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरुको उपस्थिति भएको छ। त्यसमा नेपाली कांग्रेसको तर्फबाट आफूले सम्हालेको मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरूले आफूले सम्हालेको मन्त्रालयको बारेमा विस्तृत जानकारी दिइरहनुभएको छ। के राम्रा काम भए, कसरी प्रभावकारी बनाउने, कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने काम भइरहेको छ। अहिलेसम्म तीन वटा मन्त्रालयको विस्तृत जानकारी दिइएको छ। आफ्नो मन्त्रालयको ब्रिफिङ भइरहेको छ। उहाँहरूले सुझाव पनि दिनुभएको छ।’
प्रतिक्रिया