यी प्रदेशहरुमा मा वर्षा र हिमपात हुन सक्ने, अन्य प्रदेशको मौसम सफा रहने

यी प्रदेशहरुमा मा वर्षा र हिमपात हुन सक्ने, अन्य प्रदेशको मौसम सफा रहने

नेपाल टक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

आइतबार, चैत २४, २०८१

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहने र बाँकी भू–भागमा मौसम सफा रहनेछ ।

कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ विभागको बुलेटिनमा जनाइएको छ ।

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ । अन्य प्रदेशको मौसम भने सफा रहने जनाइएको छ ।