२७ चैत, काठमाडौं । नेपाल चेम्बर अफ कमर्शको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै कम्प्रमाइजबिना सुशासन चाहिएको बताएका छन् ।
उनले भन,े मलाई आशंका छ, भ्रष्टाचार फेरि पनि चलिरहेको छ । म भनिरहेको छु, भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ । तर, थाहा नपाई नपाई भ्रष्टाचार भइरहेको हुनसक्छ ।’‘आज हामीलाई सुशासन चाहिएको छ । र विकास चाहिएको छ । सुशासन कुनै कम्प्रमाइजबिना चाहिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचारसँग कम्प्रमाइज हुन सक्दैन ।
‘यो रोक्न तपाईंहरूको सहयोग चाहिन्छ,’ प्रधानमन्त्री ओलीले भने ।
चेम्बर अफ कमर्शको साथ भ्रष्टाचार रोक्न चाहिएको पनि ओलीले ब्यक्त गरे ।
प्रतिक्रिया